रङ्गशाला निर्माण अलपत्र

रुकुम, (पश्चिम), २१ भदौ

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि छ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 

छ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिनुभयो । निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रङ्गशाला निर्माण अलपत्र परेपछि निराश भएका छन् भन्दै उहाँले तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष ०७०÷७१ मा रु एक लाख ५० हजार, ०७१÷७२ मा रु पाँच लाख, ०७२÷७३ मा रु १५ लाख र ०७३÷७४ मा रु ४५ लाख गरी हालसम्म रु ६६ लाख ५० हजार खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । उक्त बजेटबाट रङ्गशालाको ट्र्याक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन । 

रङ्गशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन । निर्माणका लागि आउने रकम मध्येबाट कटाएर रु पाँच लाख डिपिआरका लागि छुट्याइए पनि राष्ट्रिय खेलकुँद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल