तान्जानियाका राष्ट्रपतिको विवादास्पद बयान : अल्छीले मात्र गर्छन् परिवार नियोजन

भदौ २८, २०७५

काठमाडौं

 अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले देशका महिलालाई बच्चाहरूको जन्ममा नियन्त्रणका लागि गर्भनिरोधक उपाय नअपनाउन सल्लाह दिएका छन् । 
राष्ट्रपतिका अनुसार, अल्छी महिलाले मात्र यस्ता उपाय अपनाउँछन् । ठूलो परिवार र बच्चाहरूको स्याहारमा ध्यान दिन नचाहने महिलाले मात्र यो उपाय गर्छन् । 
मागुफुलीले यसअघि पनि गर्भवती छात्राहरूलाई शिक्षामा प्रतिबन्ध लगाउनुपर्ने बताएर विवादमा आइसकेका छन् । एक –यालीलाई सम्बोधन गर्दै राष्ट्रपतिले गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलाले अब त्यसलाई बन्द गर्नुपर्ने बताए । 

उनले भने, ‘मेहनत गर्न नचाहने व्यक्ति मात्र गर्भनिरोधक उपाय अपनाउँछन् र दुई बच्चामा सीमित रहन्छन् । म संसारका थुप्रै देश घुमिसकेको छु र गर्भनिरोधक उपाय अपनाउँदा हुने हानिबाट परिचित छु । यसले गर्दा केही देशमाजनसंख्यामा कमी आएको छ । तपाईं धेरै पशु पाल्नुहुन्छ, धेरै खेत राख्नुहुन्छ । बच्चाहरूको स्याहार पनि त गर्न सक्नुहुन्छ नि, किन चाहियो परिवार नियोजन ?’विपक्षीहरूले राष्ट्रपतिको यो भनाइ महिलाविरोधी भएको भन्दै विरोध गरेका छन् ।

एजेन्सी 

प्रतिकृया दिनुहोस

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट  इमरान खान दुःखी, किन बिग्रियाे वार्ताकाे वातावरण ?

असोज ६, २०७५ इस्लामावाद,- नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार

किमको सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति

फाइल फोटो असोज ७, २०७५ सिओल  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन,

असोज ५, २०७५ नयाँ दिल्ली  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्यु भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय