विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

बिहिबार, २८ भदौ

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौं 

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् ।गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत बर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ ।परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो । कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको हो ।मन्त्रालयले व्यवहारिक रुपमा कार्यालय हस्तान्तरण नगरेको भन्दै बोर्डले काम अघि नबढाउँदा कक्षा ९ र १० का विद्यार्थीले फाराम भर्न पाएका छैनन् ।

प्रतिकृया दिनुहोस

शिक्षा मन्त्रालयमा समस्यै समस्या, मन्त्री माैन  

कात्तिक २८, २०७५ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

    काठमाडौँ, २८ कात्तिक – लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण

सहुलियत ऋण – निर्देशन आयो, कार्यविधि आएन !! सर्कुलर नआउदा बैंक र सर्वसाधारण अन्योलमा !!

उर्गेन तामाङ, कार्तिक २७, चितवन -  व्यवसाय गर्न चाहाने युवाहरुलाई विभिन्न शिर्षकमा सहुलियत ऋण उपलब्ध गराउने भनी बजेटमा उल्लेखित व्यवस्था