अष्ट्रेलियामा ९ वर्षे छात्रा राष्ट्रगानका बेला उभिइनन्ः नेताले भने, ‘स्कूलबाट निकाल’

अष्ट्रेलियामा ९ वर्षकी एक स्कूले छात्राले राष्ट्रगानका बेला उभिन अस्विकार गरेपछि देशमा बहस सुरु भएको छ । ती छात्राले कथित संस्थागत नस्लवादको विरोध गर्नका लागि यो कदम उठाएको बताइन् । हार्पर नेल्सन नामकी यी छात्रा गत हप्ता आफ्नो कक्षाकोठामा राष्ट्रगानका बेला उभिएकी थिइनन् । उनले ‘एड्भान्स अष्ट्रेलिया फेयर’ ले देशका मूल जनताको उपेक्षा गरेको आरोप लगाइन् ।

‘एड्भान्स अष्ट्रेलिया फेयर’ अष्ट्रेलियाको राष्ट्रगानको हिस्सा हो । यसले देशका मूल नागरिकलाई भेदभाव गर्ने छात्राको भनाई छ । उनका अनुसार यहाँ एड्भान्सले श्वेतलाई इशारा गर्छ ।  अष्ट्रेलियाली मिडिया एबीसीसँग कुराकानी गर्दै बालिकाले भनिन्, ‘राष्ट्रगानका बेला जब ‘वी आर योंग’ को लाइन आउँछ तब यसले ती मानिसहरुको अपमान गर्दछ जो सबैभन्दा पहिले यहाँका नागरिक थिए ।’उनी थप्छिन्, ‘उक्त गीतमा जब ‘हामी जवान छौं’ भनिन्छ तब हामी ती मूल निवासीलाई बिर्सन्छौं जो ५० हजार वर्षअघि देशमा बस्थे । ’

अष्ट्रेलियाका मूल निवासीको कुल जनसंख्या दुई प्रतिशत मात्र छ ।यी छात्राको कदमले देशमा राजनीतिक बहस पनि निम्त्याएको छ । देशका दक्षिणपन्थी अर्थात् राइट विंगका नेताले ९ वर्षकी यी बालिकाबारे अत्यधिक आपत्तिजनक र भद्दा कमेन्ट गरेका छन् ।

दक्षिणपन्थी सिनेटर पोलिन हेन्सन भन्छिन्, ‘अष्ट्रेलियाका स्कूलले बच्चाहरुको ब्रेनवास गरिरहेका छन् । हार्पर निलसनलाई स्कूलबाट निकालिनुपर्छ । ती किशोरी गलत बाटोमा छिन् र यो सोचका लागि आमा–बुवा दोषी छन् । यसका लागि बालिकालाई लात्ताले हान्न पनि संकोच लाग्ने छैन । राष्ट्रगानमा देशको कुरा गरिएको छ र हामी सबै यसका हिस्सा हौं ।’

राष्ट्रगानको सम्मान आवश्यकः

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटले भने, ‘सबैले नियम पालना गर्नुपर्छ । यो कुरा राष्ट्रगानसँग जोडिएको छ त्यसकारण सबैले यसको सम्मान गर्नुपर्छ ।’यस्तै क्विन्सल्याण्डका लिबरल नेता जेरड ब्लिजीले भने, ‘यसका लागि बालिकाका आमाबुवा लज्जित हुनुपर्छ ।’यता हार्परका पिताले आफ्नो छोरीलाई ‘बहादुर’ को संज्ञा दिएका छन् ।क्विन्सल्याण्डको शिक्षा विभागले ती छात्रालाई स्कूलबाट निकालिने वा सस्पेन्ड गरिने भन्ने विषयमा कुनै जानकारी नदिएको बताएको छ ।एजेन्सी 

प्रतिकृया दिनुहोस

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट  इमरान खान दुःखी, किन बिग्रियाे वार्ताकाे वातावरण ?

असोज ६, २०७५ इस्लामावाद,- नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार

किमको सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति

फाइल फोटो असोज ७, २०७५ सिओल  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन,

असोज ५, २०७५ नयाँ दिल्ली  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्यु भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय