उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खला

काठमाडौँ, २८ भदौ   

 भारतमा जारी उन्नाइस वर्षमुनि ९यु–१९०को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृङ्खलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग भोलि शुक्रबार प्रतिस्पर्धा गर्दैछ । खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । हिजो बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बङ्गलादेशमा हुने यू–१९ एशिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ । 

नेपाली टोलीमा आसिफ शेख ९कप्तान०, तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् । 

टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।  रासस

प्रतिकृया दिनुहोस

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी, ७ असोज  नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल)

चौध क्लबले खेलाडी दर्ता गराए

काठमाडौँ, ६ असोज  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन्

नेपाल म्यानमारसँग भिड्ने

काठमाडौँ, ५ असोज  एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा