एकता टुंगो नलाग्दै सकियो नेकपा  बैठक

भदौ २९, २०७५

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको तल्ला कमिटीको एकता टुंगो नलगाउँदै सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दुई दिन देखी जारी बैठक एकताको टुंगो नलाग्दै बिहिबार सम्पन्न भएको छ । 
बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरुले पार्टी एकतामा एकलौटी गर्न खोजिए पछि मापदण्ड निर्माण गरेर टुंगो लगाउँने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देखिएको बिबाद समाधान गर्दै मापदण्ड बनाउँने जिम्मेवारी पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिईएको बताए । दुबै नेताले मापदण्ड निर्माण गर्ने र अन्तिम टुंगो अगामी स्थायी कमिटी बैठकमा छलफल गरिने बताईएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् । एकता घोषणा सभामा तीन महिना भित्रमा सबै कमिटीको टुंगो लगाउँने उदघोष शिर्ष नेताहरुले गरेका थिए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

प्रतिकृया दिनुहोस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  चिप्लेढुङ्गा, २८ कात्तिक  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की,

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

    कात्तिक २८, २०७५ काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

  कात्तिक २८, २०७५ काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै