खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि...

news

काठमाडौं

 चीनको शान्तोङ प्रान्तमा एउटा चलेको रेस्टुरेन्टमा एकजना गर्भवती महिलाले खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि सो रेस्टुरेन्टले करिब १९ करोड डलरको घाटा व्यहोरेको छ ।चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्वीर सामाजिक सन्जालमा फैलिएपछि रेस्टुरेन्टको सेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

रेस्टुरेन्टले ती ग्राहक महिलालाई पाँच हजार युआन क्षतिपूर्ति दिन खाजेको थियो । तर, ती महिलाका पतिले गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछिमात्रै निर्णय गर्न चाहेको बताएका छन् ।गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो रेस्टुरेन्ट पुगेका थिए ।रेस्टुरेन्टले ती महिलाको गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउनसमेत सल्लाह दिएको र त्यसका लागि २० हजार युआन दिन तयार रहेको जनाइएको छ ।

सुपमा मुसा फेलापरेको रेस्टुरेन्टबारे छानबिन हुने त्यहाँका अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट  इमरान खान दुःखी, किन बिग्रियाे वार्ताकाे वातावरण ?

असोज ६, २०७५ इस्लामावाद,- नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार

किमको सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति

फाइल फोटो असोज ७, २०७५ सिओल  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन,

असोज ५, २०७५ नयाँ दिल्ली  एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्यु भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय