नेपालद्वारा भारत ‘ए’ १५७ रनको चुनौती

 

काठमाडौँ, २९ भदौ

 भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङ्गवानी र अजयदेव गौडले चार÷चार विकेट लिए । 
यसअघि बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।  (रासस)

प्रतिकृया दिनुहोस

महिला फुटबल टोली स्वदेश फर्कदै

    काठमाडौँ, २८ कात्तिक ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ ।

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

  काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो

ओलम्पिक महिला फुटबल छनोट  नेपाल र बङ्गलादेश खेल्दै

  काठमाडौँ, २७ ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र