ओठ गुलाबी बनाउने ९ प्राकृतिक उपाय

 

Nepal Live

 

ओंठ मानिसको सुन्दरताको प्रतिरुप हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । ओठलाई सुन्दर बनाउन लगाइएका साधनले  उल्टै कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुन सक्छ । आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न  सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस् :

१. कोको बटर
दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस् । यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।

२. दूधको तर
ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।

३. गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै  फाइदाजनक हुन्छ । यसलाई  नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन  मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् ।

४. कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् ।

५. केसर
काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ ।

६. मह
महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।

७. अण्डा
अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।

८. जैतूनको तेल
यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ  चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

९. चुकन्दर
चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।

प्रतिकृया दिनुहोस

अस्पताल भवन उद्घाटन

चौतारा, ७ असोज  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हँुदाहँुदै पनि खारेज

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

पाल्पा, ६ असोज   रैनादेवी छहरा गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले

सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी

असोज ५, २०७५  बारा बार जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । अस्पतालको मूख्य प्रवेशद्धारसँगै