युवतीहरुमा किन हुन्छ अनियमित महिनावारी ? सुरक्षित कसरी रहने ?

काठमाडौं- सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्दछ। नियमित महिनावारी अरु बेलाभन्दा अगाडि/पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्‍न सकिने स्त्रीरोग विषेशज्ञहरु बताउँछन्।

परिवार कल्याण महाशखा, स्वास्थ्य सेवा विभागकी डा.पुण्य पौडेल भन्छिन्। महिनावारी गडबढी हुनुको प्रमुख कारण भनेकै हर्मोन असन्तुलन पनि एक हो।

महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर विस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ।विभिन्‍न कारणले महिनावारी गडबडी हुने गर्छ।महिनावारीको गडबडी मूख्यतः हर्मोनल कारणसँग जोडिएको हुन्छ।

ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ।अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।

आजभोलि युवतीमा प्राय: पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ। पोलिसिस्टिक ओभरियन समस्या हुदाँ महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ।

पोलिस्टिक ओभरीयनको समस्या भएका महिलाका थुप्रै अण्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ। यो समस्या बिषेश गरी जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले पनि देखा पर्दछ।

महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, समस्या देखा पर्छन्। यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ।कसैलाई पाठेघरको रोग फाइब्रोइड/पोलिप पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।

तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हार्मोनल असन्तुल’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ। चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुपयो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।

अनियमित रुपबाट गर्भनिरोधक चक्कीको गर्दा पनि यस्तो समस्या आउन सक्छ।सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।

कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्नसक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ। त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।

कसरी बच्‍ने ?

महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ।

पोषिलो खानेकुरा खानुपर्छ। प्रदूषित वातावरणबाट जोगिनुपर्छ।

नियमित चेकजाँच गराउनुपर्छ।

आफ्नो शरीरमा कुनै रोग देखियो भने चेक्र्याइ नगरी तुरुन्त उपचार गर्नुपर्छ।

नियमित व्यायम गर्नुपर्छ।

शरीरलाई मोटो हुन दिनु हुँदैन।

गर्भनिरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ।    बिन्दु शर्मा

प्रतिकृया दिनुहोस

आत्मविश्वास कसरी बढाउने ?

   २०७५ कार्तिक २७ मंगलबार   काठमाडौं । मानिसहरु विभिन्न प्रकारका हुन्छन् । सबैको स्वभाव एकै किसिमको हुँदैन । केही मानिसहरु क्षमता

ग्रीन टि पिउनुहुन्छ ? यस्ता छन् बेफाइदा

  २०७५ कार्तिक २८ बुधबार    तपाईले सुन्नु भएको होला ग्रीन टि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । तर के यो कुरा सत्य हो ? ग्रीन टि

विश्वमा ४२ करोडभन्दा बढी मानिस मधुमेहपीडित : चिनिराख्नुस्– जोखिम, लक्षण र बच्ने उपाय

      कात्तिक २८, २०७५ काठमाडौं  ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम