सप्तऋषि पूजामा महिला सशक्तीकरणका गीत

काठमाडौँ, २९ भदौ   

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका छन् । 

मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन ऋषेश्वर मेला व्यवस्थापन समिति गठन गरी त्यस क्षेत्रमा सरसफाइ तथा भक्तजनको सुरक्षा र भैपरी आउने समस्याको व्यवस्थापन गरेका छन् । वडा अध्यक्ष विकास डङ्गोलले मेला व्यवस्थानपनका लागि १२ वडाले महानगरसँग रु पाँच लाख माग गरेकामा रु तीन लाख उपलब्ध गराएको जानकारी दिनुभयो । 

भक्तजनको सहजताका लागि गएराति १२ बजेदेखि नै मन्दिर खुला गरिएको समितिले जनाएको छ । त्यस क्षेत्रको सडक खण्डमा सवारी साधन आवागमनमा निषेध गरिएको छ भने मेला भर्न आउने भक्तजनले सडकमा नाचगान गरिरहेका छन् । सामाजिक सशक्तीकरण तथा महिला अधिकारसम्बन्धी अधिकांश गीत लयवद्ध रुपमा घन्किएका छन् । 

मन्दिरमा दर्शन गर्न आउने मानिसलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ । स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले दर्शनका लागि लामबद्ध भक्तजनलाई व्यवस्थित गर्न सहयोग गरेका छन् । 

मेला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर बज्राचार्यले शान्त वातावरणमा दर्शनार्थीले मन्दिरमा पूजा गरेको बताउँदै लामबद्ध भएका भक्तजनलाई साँझसम्म पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र सामुदायिक शहरी स्वास्थ्य क्लिनिकको सहयोगमा दर्शनका लागि आएका महिलालाई गम्भीर समस्या भए अस्पताल लैजानका एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ । 

मन्दिर परिसरभित्र तथा बाहिर पूजा गरी दान दक्षिणा लिनका लागि पण्डितको व्यवस्था मिलाइएको छ । मन्दिरमा दर्शन गर्न आएकी दीपा केसीले हिन्दू नारीको उक्त पर्वको विशेष सांस्कृतिक महत्व रहेको बताउँदै मेलामा स्वयंसेवकको क्रियाशीलता तथा व्यवस्थापनका कारण छिट्टो छरितो लाइन सरेको अनुभव व्यक्त गर्नुभयो । मेला व्यवस्थापनका लागि करीब ३०० स्वयंसेवक खटाइएको समितिले जनाएको छ । 

नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको हिन्दू धर्मावलम्बीको विश्वास छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको महिलाले आजको दिन पूजा गर्ने गर्दछन् । 

व्रतालु महिलाले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दाँत माझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो बस्त्र पहिरेर पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्दछन् । उनीहरुले आजको दिन हलोबाट उत्पन्न भएका अन्न नखाई सागपात, कन्दमूल वा फलको सेवन गर्ने गर्दछन् ।   रासस

प्रतिकृया दिनुहोस

नेपाल: प्रतिदिन ६ को बलात्कार, तपाईँ चिन्तित हुनुहुन्छ?

  बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताको तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले

लक्ष्मीप्रसाद देवकोटा बितेको ५९ वर्ष भयो, बिजुली महसुल अझै बक्यौता

   २०७५ कार्तिक २८ बुधबार तस्वीर –फाइल काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न

८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

  भोजपुर, २८ कात्तिक  भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)