विकासका लागि नवीनतम् सोच आवश्यक  मुख्यमन्त्री गुरुङ

पोखरा, २९ भदौ

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि नवीनतम् सोचको खाँचो रहेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज यहाँ आयोजित ‘नेपालको विकासका सन्दर्भमा सिङ्गापुरको नमूना’ विषयक अन्तरक्रियामा उहाँले सिङ्गापुरले पछिल्लो समयमा गरेको विकास नवीनतम् सोचकै कारण सम्भव भएको उल्लेख गर्नुभयो । 

देशको समग्र विकासका लागि आत्मकेन्द्रित संस्कारको अन्त्य हुनुपर्ने बताउँदै उहाँले नेतृत्वमा दूरदर्शिताको आवश्यकता आँैल्याउनुभयो । पुरानो संस्कारबाट माथि उठ्न नसक्दा मुलुकले विकासलको गति लिन नसकेको भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न त्यही किसिमको पारिश्रमिक एवम् उत्प्रेरणा आवश्यक हुने बताउनुभयो । 

सिङ्गापुरका प्राध्यापक डा गारी लिटले नेपाल साधनस्रोतले सम्पन्न देश भएको बताउँदै पोखरा विकासको पर्याप्त सम्भावनायुक्त ठाउँ भएको बताउनुभयो । पोखराको तुलनामा सिङ्गापुर केही नभएको बताउँदै उहाँले यहाँका प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गर्न सके मात्र पनि विकासमा ठूलो फड्को मार्ने धारणा राख्नुभयो । 

दीर्घकालीन सोचका साथ मुलुकमा गुणस्तरीय शिक्षासहित शान्तिसुरक्षाको प्रत्याभूति दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिने बताउँदै उहाँले विकासका लागि सही तथ्याङ्क अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले भौगोलिक अवस्थितिसमेतका आधारमा विकासका योजना अघि बढाइने बताउनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  चिप्लेढुङ्गा, २८ कात्तिक  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की,

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

    कात्तिक २८, २०७५ काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

  कात्तिक २८, २०७५ काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै