आर्थिक अभावले मृगौला पीडित सावित्रिको उपचारमा समस्या 

उर्गेन तामाङ, भदौँ २९, ड्रिम्स -


मक्वानपुर राक्सिराङ गाँउपालीका ५ की मृगौला पीडित सावित्रि प्रजाको आर्थीक अभावका कारण उपचारमा समस्या परेको छ । दुवै मृगौला पीडित प्रजालाई उपचारका लागी काठमाण्डौँ लगीए पनि आर्थिक अभावका कारण विना उपचार घर फर्काउनुपरेको परिवारको भनाई छ । 


महेन्द्र किरण मावि मनहरीमा कक्षा ७ मा अध्यनरत १४ वर्षीय सावित्रिलाई स्वास्थ्य समस्या देखिएपछि यहि भदौँ २१ गत्ते उपचारका लागी काठमाण्डौँ लगीएको थियो । रिण खोजेर लगेको १५ हजार रुपैयाँ पनि ३ दिनमा सकिए पछि केहि औषधी लिएर विना उपचार घर फर्कनु परेको सावित्रिकी बुवा आस बहादुर प्रजाले दुखेसो गर्नुभयो । अब चाँडै डाईलासिस गर्नुपर्ने भएकाले सकेको आर्थिक सहयोगका लागी परिवारले सवैसँग आग्रह गरेका छन ।

सावित्रि गएको १ महिनादेखि स्वास्थ्य समस्याका कारण विद्यालय जान नसकेको परिवारको भनाई छ । पुर्वसभासद गोविन्दराम चेपाङ, प्रदेश सांसद सन्तराम चेपाङ, गामवेसी चेपाङ केन्द्रका सञ्चालक केपी किरण सर्मा लगायतको टोली शुुक्रवार सावित्रिको अवस्था बुभ्mन परिवारलाई भेट्न उनको घर पुगेको थियो ।  


यसै क्रममा बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरी ट्ण्डेण्ट एबं बरिष्ठ दन्त रोग विशेशज्ञ डा अजय न्यौपानेले सावित्रिको उपचारमा सहयोग गर्ने बचन दिनुभएको छ । शुक्रवार दिउँसो डा अजय न्यौपानेले मलाई फोन गरेर आफ्नो अस्पतालमा मिर्गौलाको डाइग्लासिस सेवा रहेको र शर्मिला र उनको अभिभावकलाई खान बस्न सबै ब्यबस्था गरिदिने बचन दिनुभयो केपि किरण सर्माले भन्नुभयो उहाँले प्रजाको उपचार कहा ? के, कसरि ? गर्न सकिन्छ सबै समाधान खोजिदिने बचन पनि दिनु भएको छ । सर्माका अनुसार सावित्रिलार्य अभिभाबक सहित आइतबार डा अजयको सम्पर्कमा लगीने छ । डा अजय न्यौपाने र उहाकी श्रीमती सरु थापा न्यौपानेले चेपाङ्ग समुदायको उत्थान, उन्नति र सम्बर्दनको निम्ति विगतबाटनै सहयोग, सहकार्य गर्दै आउनुभएको छ । 


सावित्रिकी दाई निरञ्जन राना प्रजाले आप्mनो फेसबुकमार्फत बहिनीको उपचारमा आर्थिक अभाव भएकाले सहयोगको अपिल गर्नुभएको छ ।  


अपिल जस्ताको तस्तै 

आदरणीय मेरो दाजुभाइ दिदि बहिनि आमा बुबा सम्पुर्णलाई दस औला जोडी आपिल गर्न चाहन्छु । आज मेरो आफ्नो आँखा अगाडी बहिनी छत्पती रहेको छ तर म केही गर्न सकि रहेको छैन आज मेरो बहिनी साबित्रि प्रजा को दुबै मृगौला फेल भाको कुराले म सारै चिन्तित छु । हाम्रो आर्थिक कम्जोरीका कारण चाहेर पनि उपचार गरन सकिएको छैन । आज म तपाईं हरु सामु मेरो बोहिनीको लागि यो दुखी दाई तपाईंहरु सामु भिख मागी राकोछु । कृपया जो कोहि ले सयोग गर्नु चाहनु हुन्छ भने बिरामी बहिनीको बुवा आसा बाहादूर प्रजाको मोबाईल न ९८४५५९९३९० र ममि मिठु माया प्रजा ९८४५४१६८१७ मा सम्पर्क गरि सयोगी गर्नसक्नुहुन्छ । धन्यवाद । 
बिरामी बहिनीको दाइ म निरन्जन राना प्रजा, मक्वानपुर  राक्सिराङ गाउपालिका ५ । 

प्रतिकृया दिनुहोस

नेपाल: प्रतिदिन ६ को बलात्कार, तपाईँ चिन्तित हुनुहुन्छ?

  बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताको तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले

लक्ष्मीप्रसाद देवकोटा बितेको ५९ वर्ष भयो, बिजुली महसुल अझै बक्यौता

   २०७५ कार्तिक २८ बुधबार तस्वीर –फाइल काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न

८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

  भोजपुर, २८ कात्तिक  भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)