बन्दको सकस – सवारी साधान कम सञ्चालन÷ सुरक्षा संयन्त्र चुस्त÷ पुर्व जनमुक्ति सेनाको प्रेस विज्ञप्ति सहित अन्य तस्वीर,,, 

उर्गेन तामाङ, असोज २, ड्रिम्स -


माओवादी पुर्व जनमुक्ति सेना नेपालले आव्हान गरेको बन्दका कारण आज यातायतका साधन कम गुडेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चितवनमा अन्य सामान्य दिनको तुलनामा आज सडकमा कम सवारी साधन गुडेका छन । चितवन हुँदै गुड्ने लामो तथा छोटो दुरीका सवारी साधान कम गुडे पनि स्कुल बस, एम्बुलेन्स तथा बजार क्षेत्रमा ट्याम्पो, अटो रिक्सा, मोटरसाइकल, लगायत निजी सवारी साधान भने निर्वाध रुपमा सञ्चालन भईरहेका छन । 

विहान साढे ९ बजेसम्म बजार पसल फाट्टा फुट्टा खुलेका छन भने भरतपुरमा रहेका अधिकांस पेट्रोल पम्प पनि बन्द रहेका छन । मोटरसाईकलमा पेट्रोल हाल्न पेट्रोल पम्प पुगेका किस्नपुरका बाबुराम तिम्सिना, सुनाचरी लोथरका रुपक श्रेष्ठ लगायत सवारी धनिहरु रित्तो ट्याङ्की फर्किए ।

यस्तै भरतपुमा रहेको भाटभटेनी सुपर मार्केट खुल्ने नखेल्ने अन्योलमा रहेको छ । भाटभटेनीका सुरक्षा गार्ड माथिको आदेशको पर्खामा छन । 


सुरक्षा व्यवस्था कडा 


बन्दको हल्लालाई मध्यनजर गरी जिल्लामा सुरक्षा संयन्त्रलाई चुस्त पारीएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार जिल्लका विभिन्न स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ भने कतिपय स्थानमा सादा पोशाकका प्रहरी पनि खटिएका छन । विहानसम्म कुनै किसिमका घट्ना घटेको छैन । 


कुनै संकास्पद क्रियाकलाप भए वा गरेको देखिए तत्काल प्रहरीलाई खवर गर्न पनि प्रवक्ता ढकालले सवैसँग अनुरोध गर्नुभएको छ । बन्द गराउने व्यक्ति, समुह खुल्ला रुपमा बाहिर नदेखिए पनि माओवादी पुर्व जनमुक्ति सेना नेपाल नामको पर्चा पम्प्लेट विभिन्न स्थानमा फेला परेको उहाँले ड्रिम्स एफएमलाई जानकारी दिनुभयो । 

 

बन्दको हल्ला भए पनि विहानसम्म सडक र सवारी साधानसँग सम्बन्धीत त्यस्तो कुनै पनि अप्रिय घट्ना नघटेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमले ड्रिम्स एफएमलाई जानकारी दिनुभयो । गौतमले शुरक्षा व्यवस्था चुस्त पारीएकाले हल्लाको पछी नलागी निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न सवैसँग आग्रह गर्नुभएको छ । 


बन्द गर्नुको कारण 


माओवादी पुर्व जनमुक्ति सेना नेपालले कञ्चनपुरकी निर्मला पन्तका परिवारलाई न्याय र विप्लब नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै एक दिने नेपाल बन्दको आव्हान गरेको हो । माओवादी पुर्व जनमुक्ति सेना नेपालका अध्यक्ष रञ्जित गुरुङद्धारा हत्याक्षरीत प्रेस विज्ञप्तिमा पन्तका हत्यारालाई लुकाउन खोजिएको र प्रकाण्डलाई पटकपटक पक्राउ गरेर न्यायलयकै बदनाम गरेको उल्लेख छ । 

प्रतिकृया दिनुहोस

जाजरकोटमा उमेर नपुग्दै बिहे गर्नेको संख्या बढ्दै

सोमबार, ०२ पुष – हेमन्त केसी  जाजरकोट । पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, २ पुस  सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई

लागुऔषध बरामद

बर्दिवास, २ पुस  महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका