फोन नउठाएपछि श्रीलंकाली राजदूतलाई फिर्ता बोलाइयो

असोज ३, २०७५

काठमाडौं

 श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको फोन नउठाएका कारण अस्ट्रियाका राजदूत र पाँच अन्य कूटनीतिक कर्मचारीलाई श्रीलंकाले फिर्ता बोलाएको छ । अधिकारीहरूले शनिवार बताएअनुसार, राष्ट्रपतिको फोनको जवाफ नफर्काएकाले सजायका रूपमा उनलाई फिर्ता बोलाइएको हो । 

एक आधिकारिक सूत्रका अनुसार, अघिल्लो हप्ता सिरिसेनाले भियना दूतावासमा फोन गरेका थिए । कसैले पनि फोन उठाएन अनि घन्टौंसम्म जवाफ पनि फर्काएन । तर सिरिसेनाले दूतावासमा अचानक फोन किन गर्नुपरेको थियो रपरराष्ट्र मन्त्रालयमार्फत फोन किन नगरेको भन्ने विषय स्रोतले खोलेन । 
परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएको पुष्टि गरेको छ तर कुनै कारण दिएको छैन । अस्ट्रियामा श्रीलंकाली दूतावासले संयुक्त राष्ट्रसंघका एजेन्सी र पाँच अन्य देशका लागि पनि काम गर्छ ।

एजेन्सी
 

प्रतिकृया दिनुहोस

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

सोमबार, ०२ पुष कतार । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस