काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

   असोज ४, २०७५ 

गोरखा

 गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।ठेकेदार कम्पनीले पुल निर्माणका लागि नदीपारि सामग्री लैजान समस्या भएको बताएपछि पुल महाशाखाले बेलिब्रिज बनाइदिन लागेको हो । पृथ्वी राजमार्गको दारेचोकबाट गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमा निर्माणाधीन उक्त पुल गत माघमा सम्पन्न हुने सम्झौता भएको थियो ।

समयमै काम नसिध्याउने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा सडक डिभिजनअन्तर्गतको पुल महाशाखाले बेलिब्रिज बनाएर आयोजनाको म्याद थप्न लागेको हो । एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले भने, ‘ठेकेदारले अब एक वर्षभित्र काम सिध्याउँछु भनेकाले बेलिब्रिज बनाइदिन लागेका हौं ।’ ठेकेदारले बेलिब्रिज नभए काम गर्न नसक्ने जबाफ दिएको उनले बताए । उनले भने, ‘काम नहुनु भन्दा पुल महाशाखाको बेलिब्रिज ल्याएर हालिदिँदा काम गर्छ कि भनेका हौं, ठेक्काको समय थपिने पक्का छ।’

प्रतिकृया दिनुहोस

जाजरकोटमा उमेर नपुग्दै बिहे गर्नेको संख्या बढ्दै

सोमबार, ०२ पुष – हेमन्त केसी  जाजरकोट । पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, २ पुस  सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई

लागुऔषध बरामद

बर्दिवास, २ पुस  महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका