किमको सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति

फाइल फोटो

असोज ७, २०७५

सिओल

 दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै गर्दैछन् ।उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ । उत्तर कोरियाली नेता कीम जोङ–अनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लागेका हुन् ।

साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणामहरु जानकारी गराउने छन् ।“राष्ट्रपति मूनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकका बारेमा विस्तृत रुपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनु हुनेछ,” राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ट निर्देशक नाम ग्वान–प्योले बताए । मूनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः शुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रुपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताए ।

उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धता बमोजिम आणविक निःशस्त्रीकरणका कार्यहरु नभएको भन्दै असन्तुष्टि जनाएको संयुक्तराज्य अमेरिकाले पछिल्ला दिनहरुमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण समेत अन्तिम समयमा स्थगित गरिदिएका थिए ।

तर मून र कीमले जारी गरेको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरु बन्द गर्ने सहमति जनाएको छ ।यही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ । अमेरिकाले सकारात्मक धारणा अघि सारे उत्तर कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्रलाई बन्द गर्ने पनि प्रतिबद्धता जनाएको छ । मूनले उत्तर कोरियाली नेता कीमलाई यसै वर्षभित्र सिओल भ्रमण गर्न आमन्त्रण गर्नुभएको छ । रासस/योन्हाप

प्रतिकृया दिनुहोस

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

सोमबार, ०२ पुष कतार । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

    आइतबार, ०१ पुष   नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ ! (तस्विर सहित)

एजेन्सी संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस