‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

लमही, ७ असोज

 साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताउनुभयो । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उहाँले भन्नुभयो,“त्यसैले यो भाषालाई राष्ट्रियभाषा बनाउनुपर्छ ।” बोल्न र आफ्ना कुरा व्यक्त गर्न नसकेकै कारण सुस्तश्रवण भएका व्यक्ति पछाडि परिरहेको उक्त सङ्घका अध्यक्ष अजयकुमार शर्माले बताउनुभयो । 

सुस्त व्यक्तिको मुख्य समस्या नसुन्ने र आफूले साङ्केतिक भाषाबाट बोलेको अरुले नबुझ्ने भएकाले हरेक क्षेत्रमा काम गर्दा पनि यस्ता व्यक्तिलाई समस्या हुने गरेको उहाँले बताउनुभयो । अव सबै सरकारी कार्यालय, विद्यालयलगायत सेवा प्रदान गर्ने निकायमा अनिवार्य रुपमा साङ्केतिक भाषा बुझ्ने व्यक्ति राख्नुपर्ने उहाँको भनाइ थियो । 

सुस्तश्रवणको अधिकारका लागि तुलसीपुर उपमहानगरपालिकाले पहल गर्ने उपप्रमुख माया आचार्यले बताउनुभयो । प्रदेश सरकारले पनि सुस्तश्रवण भएकाको अधिकारका लागि कानून निर्माण गर्ने विषयमा पहल थाल्ने प्रदेश नं ५ प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताउनुभयो । दाङमा पाँच हजार बढी सुस्तश्रवण भएका व्यक्ति छन् । जिल्लाका दुई विद्यालयमा अहिले सुस्तश्रवण भएका विद्यार्थीका लागि पठनपाठनको सुविधा छ । (रासस)

प्रतिकृया दिनुहोस

केन्द्रीय प्रसारण लाइनमा जोडिने भएपछि...

बनेपा, ४ कात्तिक  स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का

कुलेखानीस्थित इन्द्र सरोवर

    मकवानपुरको कुलेखानीस्थित जलाशय अर्थात् इन्द्रसरोवर । जलाशयबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ

श्रीमतीको हत्या

गुल्मी, ४ कात्तिक   गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७,