शेयर बजार सामान्य अङ्कले सुधार

काठमाडौँ, ७ असोज

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । 

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ बिन्दुले बढेको छ । 

यस्तै निर्जीवन बीमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ विन्दुले घटेको छ । स्टकका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । (रासस)

प्रतिकृया दिनुहोस

क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ: चलाउन जाने श्रीखण्ड, पाँच कुरा नजाने ऋणको जालोमा पर्नुहुन्छ

  क्रेडिट कार्डलाई विचार नपुर् याइ प्रयोग गर्नु हुँदैन । नभए तपाई सजिलै ऋणको जालमा पर्नु हुने छ । त्यही भएर क्रेडिट कार्डलाई धेरै नै समझदारी पूर्ण

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

काठमाडौं ३१ असोज  दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ ।

कारोबारको झन्डै एक तिहाइ आर्थिक गतिविधि दसैंमै

असोज ३०, २०७५ काठमाडौं– दसैंं भन्नेबित्तिकै झट्ट सम्झना आउँछ– नयाँ नोट, नयाँ कपडा, टीकाजमरा, आफन्त भेटघाट र पिङ । परम्परागत संस्कृति र मासु