म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा पुरा गर्‍यो

बुधबार, १७ असोजम्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा पुरा गर्‍यो

 

काठमाडौँ

 विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका लागि करण केसीले ८ बलमा नटआउट १४ रन जोडेका थिए ‌। अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा आउट भए । म्यानमारका टेट वाई र पाइङ दानुले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो । 

सन्दीपले दुई ओभरमा ३ रन दिएर ४ विकेट लिँदा ललितनारायणले ३ ओभरमा २ मेडन राख्दै तीन रन दिएर ३ विकेट लिए । मध्यम गतिका बलर करण केसी र ललितसिंह भन्डारीको नाममा १–१ विकेट रह्यो ।म्यानमारका ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । कप्तान हटेट लिन अङले बनाएको १६ रन नै म्यानमारको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर हो ।

प्रतिकृया दिनुहोस

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

आइतबार, ४ कार्तिक, २०७५ काठमाडौं  स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।विश्वभर

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

कावासोती, २९ असोज  दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी

प्याराग्लाइडिङको विश्वकप नेपालमा

काठमाडौं २९ असोज हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा