च्याम्पियन्स लिग फुटबलमा आज राती ८ खेल हुँदै

असोज १७ -

युरोपेली च्याम्पियन्स लिग (युईएफए) अन्तर्गत आज राती ८ खेलहरु हुदैछन् । जस अन्तर्गत आज राती १०:४० बजे समुह 'सी' मा रहेको फ्रान्सको पेरिस सेन्ट जर्मेन र सर्बियाको रेड स्टार बेल्ग्रेड आमुने सामुने हुनेछन् । समुहमा १ अंक सहित दोस्रो स्थानमा रहेको बेल्ग्रेड र अंक बिहिन हुँदै पुच्छारमा रहेको पिएसजी बिचको खेल पिएसजीको घरेलु मैदानमा हुनेछ । यस्तै आज राती १०:४० बजे नै हुने अर्को खेलमा रसियन क्लब लोकोमोटिभ मस्को र जर्मनीको एफसी शाल्का भिड्नेछन् । समुह 'डी' को तेस्रो स्थानमा रह्रेको शाल्का र लोकोमोटिभ मस्को बिचको खेल लोकोमोटिभको घरेलु मैदान लोकोमोटिभ स्टेडियममा हुनेछ ।

 

 

च्याम्पियन्स लिग अन्तर्गत नै आज राती पौने १ बजे एकै समयमा बिभिन्न ६ खेलहरु हुनेछन् । राती पौने १ बजे स्पेनको एफसी बार्सिलोना र ईङ्ल्याण्डको टोटेनह्याम हट्स्पर आमुने सामुने हुनेछन् । ३ अंक सहित समुहको शिर्ष स्थानमा रहेको बार्सिलोना र अंक बिहिन हुँदै पुच्छारमा रहेको टोटेनह्याम बिचको खेल टोटेनह्यामको घरेलु मैदान वेम्ले स्टेडियममा हुनेछ । आजको खेलमा जित हात पार्दै अर्को चरण प्रवेश गर्ने दाउमा रहेको बार्सिलोनालाई आज डिफेन्डरद्द्व उम्टिटी र अर्जियो रोबेर्टोको अभाव खड्किन सक्ने देखिएको छ । चोटका कारण उम्टिटी र रोबेर्टो टिममा छैनन् ।

 

 

यस्तै आज राती पौने १ बजे नै हुने अन्य खेलहरुमा समुह 'बी' मा रहेका नेदरल्याण्ड्सको पिएसभी र ईटालियन क्लब इन्टर मिलन, समुह 'ए' मा रहेका जेर्मन क्लब बोरुसिया डर्टमण्ड र फ्रेन्च क्लब मोनको, समुह 'सी' मा रहेका ईटालियन क्लब नापोली र इङ्लिश क्लब लिभरपुल भिड्नेछन् ।

 

 

यस्तै समुह 'डी' मा रहेका पोर्चुगलको पोर्टो र गलटसराई पनि आज राती पौने १ बजे नै भिड्ने छन् । उता स्पेनिस क्लब एथ्लेटिको मड्रिड र बेल्जियमको क्लब ब्रगा बिचको खेल पनि आज राती नै हुनेछ । समुह 'ए' मा रहेका एथ्लेटिको मड्रिड र ब्रगा बिचको खेल एथ्लेटिको मड्रिडको घरेलु मैदान वन्डा मेट्रोपोलिटानोमा हुनेछ

प्रतिकृया दिनुहोस

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

आइतबार, ४ कार्तिक, २०७५ काठमाडौं  स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।विश्वभर

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

कावासोती, २९ असोज  दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी

प्याराग्लाइडिङको विश्वकप नेपालमा

काठमाडौं २९ असोज हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा