जन्म दिनमा संचारकर्मी रबि अधिकारीको ‘आँशुको अर्थ -२’ सार्वजनिक (भिडियो सहित)

असिज १९, ड्रिम्स - 

चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै ‘आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

 

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिति बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युब बाट गीतलाई सार्वजनिक गर्नु भएको थियो।

 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिनुभयो । श्रेष्ठले भाग २ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गर्नुभयो । चलचित्र क्षेत्रमा लामो समय देखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ’ भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताउनु भयो । साथै उहाले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिनुभयो ।

 

कार्यक्रममा बिशिष्ट अतिथी चलचित्र निर्देशक बिमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सकृय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए । यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटीबीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्र सँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

 

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिनुभएको कारण नै भाग २ निकाले बताउनुभयो । अधिकारीले भने – भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए । यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गर्नुभयो ।

 

दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीले बताउनु भयो । कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।’आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका छन् ।

प्रतिकृया दिनुहोस

दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' बजारमा (भिडियो सहित)

असोज २९ -      दशैं तिहारको मर्मस्पर्शी गीत 'परदेशी' सार्वजनिक भएको छ । करुणा रिजाल श्रेष्ठको प्रस्तुती तथा राजु श्रेष्ठको आवाज रहेको गीत

कलाकारले कसरी मनाउँदैछन् दशैं ? यस्तो छ दशैं योजना

असोज २७, २०७५ काठमाडौँ  सबै नेपालीले हर्षोल्लासका साथ बडादसैं मनाउने योजना बनाइरहेका छन् । कोही किनमेलमा ब्यस्त छन् भने कोही कतै घुम्न जाने

'ए मेरो हजुर ३' को फर्स्ट लुक पोष्टर रिलिज

असोज २६, ड्रिम्स -      अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहने चलचित्र 'ए मेरो हजुर ३' को छायांकन सुरु भएको छ । अहिलेका स्टार अनमोल