वनमन्त्री बेलायत प्रस्थान

काठमाडौँ, २४ असोज

 वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ । 

आखेटोपहार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार नियन्त्रण गर्ने उद्देश्यले हुन लागेको चौथो सम्मेलनमा भाग लिन मन्त्री बस्नेत मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । 

सम्मेलनमा एशिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करीब एक हजार पाँच सय प्रतिनिधिको सहभागिता हुने वन मन्त्रालयले जनाएको छ । मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले राससलाई जानकारी दिनुभयो । 

शुक्रबार उहाँले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिनुहुनेछ । नेपालले यस पटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अङ्गप्रत्यङ्गका अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्नुपर्ने अडान दोहो¥याउने मन्त्रालयले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

काठमाडौँ, २ पुस  संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक

काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति

पुस २, २०७५ काठमाडौं– काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति जुटेको छ । तर, त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।  आजको

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा

काठमाडौँ, १ पुस  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो