सुनको माया चाँदीको थालैमा, शिवको उपहार दशैं तिहारमा (भिडियो सहित)

असोज २४ –

नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।लोक पप जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् । आफ्नो ११ औं एल्बम ‘शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत आज रिलिज गरिएको हो ।

43552504_755982424747583_5300995533194657792_n
सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहेको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ ।

shiva 1
गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ । बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सुगम, स्वप्न र लाउरेले गाउँदा नाचे स्वस्तिमा र बिनु नाचे

    काठमाडौँ, २३ मङ्सिर –नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको

शृङ्खला अन्तिम १२ बाट बाहिरिइन् : मिस वर्ल्डको उपाधि

काठमाडौं २३ मंसिर । मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा

चलचित्र ‘मालिका’ धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन

काठमाडौं, २२ मंसिर । लोकप्रिय नायिका रेखा थापाद्धारा निर्देसित नेपाली कथानक चलचित्र मालिका धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन गरिएको छ ।