‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’

असोज २४, २०७५ 

काठमाडौं

 प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् । संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर परेको दाबी गरे ।

‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु,’ उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको बताउँदै आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए ।न्यायालयभित्र सुधार गरेर अगाडि बढ्न आफूले काम गरिरहेको उनको भनाइ थियो ।  कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

‘सरकारको समीक्षा आवश्यक’

काठमाडौँ, १ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

असोज ३१, २०७५ काठमाडौं– आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण

नेपाल–भारत सम्बन्ध प्रगाढ छ  मन्त्री महासेठ

धनुषा, ३१ असोज  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा