गौतमका लागि उपनिर्वाचन: काठमाडौं ७ खाली

असोज २४, २०७५

काठमाडौं

गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् । त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए । 

‘मेरोतर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’ उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत:स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिकृया दिनुहोस

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

काठमाडौँ, २ पुस  संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक

काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति

पुस २, २०७५ काठमाडौं– काँग्रेसमा ८ पदाधिकारी राख्ने सहमति जुटेको छ । तर, त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।  आजको

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा

काठमाडौँ, १ पुस  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो