केन्याली बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

बुधबार, २४ असोज

केन्याली बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

 

नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताउनुभयो ।

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)

प्रतिकृया दिनुहोस

चारै राजदूत अनुमोदित

काठमाडौं २४ मंसिर ।  संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा

कांग्रेसभित्र गुटगत भेला तीव्र, पौडेल पक्षको छुट्टै भेला

  काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला

समृद्धिको यात्रामा युवा अग्रसरता आवश्यक : मन्त्री मगर

भीमदत्तनगर, २३ मङ्सिर  खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आर्थिक समृद्धिका लागि युवा अग्रसरता आवश्यक रहेको बताउनुभएको छ । कञ्चनपुरको