काङ्ग्रेस बैठक स्थगित

काठमाडौँ, २४ असोज

 प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ । भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त हुनुहुन्छ । असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ । (रासस)

प्रतिकृया दिनुहोस

‘सरकारको समीक्षा आवश्यक’

काठमाडौँ, १ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

असोज ३१, २०७५ काठमाडौं– आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण

नेपाल–भारत सम्बन्ध प्रगाढ छ  मन्त्री महासेठ

धनुषा, ३१ असोज  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा