दश गाउँ छाउगोठमुक्त

 

जुम्ला, २४ असोज

 जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । सो गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठमुक्त घोषणा भइसकेका छन् । तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा गरिएका छन् । 
तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायतका विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीयतहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

केन्द्रीय प्रसारण लाइनमा जोडिने भएपछि...

बनेपा, ४ कात्तिक  स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का

कुलेखानीस्थित इन्द्र सरोवर

    मकवानपुरको कुलेखानीस्थित जलाशय अर्थात् इन्द्रसरोवर । जलाशयबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ

श्रीमतीको हत्या

गुल्मी, ४ कात्तिक   गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७,