एएफसी यु–१९ छनोट प्रतियोगिता

काठमाडौँ, २४ असोज

एएफसी उन्नाइस वर्षमुनि (यू–१९) छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । 

आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । 

नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । 

पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्याण्ड जानेछ ।  (रासस) 

प्रतिकृया दिनुहोस

रोहित बने इन्डोनेसियाको ‘लिग वान’ मा सर्वोत्कृष्ट

मंसिर २४, २०७५ काठमाडौँ - नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’ मा सर्वोत्कृष्ट खेलाडीको

सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौँ, २४ मङ्सिर  नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया

रियाल मड्रिड स्पेनिस ला–लिगा फुटबलको चौथो स्थानमा उक्लियो

काठमाडौं, २४ मंसिर । उपाधि दावेदार रियाल मड्रिड स्पेनिस ला–लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडले एस.डी