दक्षिण कोरियाले उत्तरमाथिको प्रतिबन्ध हटाउने विचार गरेपछि ट्रम्प क्रुद्ध 


असोज २५, २०७५ काठमाडौं 
दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध हटाउने विचार सार्वजनिक गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको तत्कालै निन्दा गरेका छन् । यसबाट सउल र वाशिङटनबीचको साझेदारीमा विभाजन आएको संकेत पाइएको छ । 

बिहीवार दक्षिण कोरियाकी परराष्ट्रमन्त्री काङ क्युङ–ह्वाले सउल स्वेच्छाले उत्तरमाथि सन् २०१० मा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तयार रहेको बताइन् । त्यतिखेर दक्षिणको जलसेनाको एक जहाज डुबाइँदा ४६ जनाको मृत्यु भएको थियो । 

हुन त दक्षिणको यो कदम प्रतीकात्मक मात्र हो किनकि उसले संयुक्त राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धलाई पालन गर्नैपर्ने हुन्छ र त्यो प्रतिबन्धले लगभग उस्तै क्षेत्र समेट्छ । 

दुवै कोरियाले मानवीय सहायता भन्दा बाहेक अरू कुनै पनि कुराको आदानप्रदान गर्न नपाउने गरी प्रतिबन्ध लागेकोमा त्यसको समीक्षा भइरहेको काङले बताइन् । 

यो टिप्पणीलाई ट्रम्पले आलोचना गरे । ‘उनीहरूले हाम्रो स्वीकृतिविना यसो गर्ने छैनन् । हाम्रो स्वीकृतिविना उनीहरू केही पनि गर्ने छैनन्,’ ट्रम्पले भने । वाशिङटनमा अधिकारीहरूले उत्तर पूर्णतया निःशस्त्रीकरण नहुन्जेल अधिकतम दबाब कायम राख्ने प्रतिज्ञा गरेका छन् । 

दुई कोरियाबीचको सैन्य सम्झौताबाट अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ असन्तुष्ट रहेको पनि काङले स्वीकार गरिन् । आफूलाई पर्याप्त मात्रामा यसका बारेमा नबताइएकोमा पम्पिओ असन्तुष्ट भएका हुन् । 

उत्तर कोरियासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा दक्षिण कोरिया र अमेरिकाबीचको दीर्घकालीन मतभिन्नतालाई यी दुई फरक सन्देशले उजागर गरेका छन् । मूनको उदारवादी सरकारले उत्तर कोरियासँग निकट सम्बन्ध बनाउने पक्ष
लिएको छ तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पालन गर्ने पनि बताएको छ ।

द गार्डियनबाट

प्रतिकृया दिनुहोस

खासै अपराध नहुने भनिएको भुटानमा व्यापक सुन तस्करी, तनावमा भारत

मंसिर २४, २०७५ काठमाडौं — भुटानलाई अन्तर्राष्ट्रिय सुन तस्करहरूले ट्रान्जिट मुलुकका रूपमा प्रयोग गर्न थालेपछि भारत चिन्तामा परेको छ । यसअघि

‘सास फेर्नै गाह्रो भो’ – यस्तो थियो खशोग्गीको अन्तिम शब्द

मंसिर २४, २०७५ काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्यासँग जोडिएको नयाँ अडियो टेप सार्वजनिक भएको छ । त्यसमा उनले बोलेको अन्तिम शब्द रेकर्ड

यस देशमा जनसंख्या घटेर चिन्ता, सरकारले मानिसलाई बच्चा पाउन गर्‍यो आग्रह

मंसिर २४, २०७५ काठमाडौं — युरोपेली मुलुक सर्बियामा जनसंख्या घट्दै गएकाले बढाउनका लागि अनेकौं प्रयास हुन थालेका छन् । अहिले उक्त देशको जनसंख्या ७०