प्रहरीको नब्बे प्रतिशत सफलतालाई पर्याप्त मान्न सकिँदैन : प्रधानमन्त्री ओली 


असोज २५, २०७५ काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनका बाबजुत नेपाल प्रहरीले अमनचयन र शान्ति सुरक्षामा पुर्‍याराएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ । ६३ औं प्रहरी दिवसका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा संयुक्त राष्ट्रसंघमा प्रहरीले खेलको भूमिकाले नेपाल विश्वको पाँचौं राष्ट्रका रुपमा चिनिन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । 

प्रधानमन्त्री ओलीले तथ्यांकका आधारमा प्रहरीले ९० प्रतिशत अभियुक्त समात्न सफल भएपनि कुनै एक घटनामा कमजोरी देखियो भने त्यो कमजोरी परिपूर्ति गर्न गाह्रो हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘तथ्यांकले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको देखिएता पनि यसलाई पर्याप्त मान्न सकिदैन । यद्यपी यो आकडा महत्वपूर्ण आकडा हो । यो सफलता देखिएता पनि तर एउटा संवेदनशील मुद्दामा तपाईंहरु यदी असफल हुनु भयो भने त्यसले पुर्याउने क्षतिलाई सजिलै भरपुर गर्न सकिँदो रहेनछ । त्यो दृष्टान्त हामी संग छ । यसलाई मनन् गर्न आवश्यक छ।’


अपराध अनुसन्धानमा अब्बल रहेको प्रहरीले आफ्नो साख कायम राख्न अझबढी व्यवसायिकता प्रदर्शन गर्न जरुरी रहेको उहाँको भनाइ छ । ठूला राजनीतिक उपलब्धीहरु हासिल भएको भन्दै उहाँले संघीयता कार्यान्वयनका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आमनागरिकको सेवाका लागि सरकारी प्रतिनिधिका रुपमा प्रहरी नै अग्रपंतिमा रहेको उल्लेख गर्दै सरकारको प्रभावकारीता देखिने गरी घरघरमा पुग्नु पर्ने बताउनु भयो । मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको बताउनु भएको छ । यसका लागि प्रहरी संगठनको प्रमुख जिम्मेबारी रहेको उहाँले बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस

‘सरकारको समीक्षा आवश्यक’

काठमाडौँ, १ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

असोज ३१, २०७५ काठमाडौं– आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण

नेपाल–भारत सम्बन्ध प्रगाढ छ  मन्त्री महासेठ

धनुषा, ३१ असोज  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा