भूकम्पपीडित अनुदानका लागि फेरि थपियो समयसीमा, पुस मसान्तसम्म पहिलो किस्ता लिन सकिने 


असोज २५, २०७५ काठमाडौं 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले बताए ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ वैशाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ । हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन् । पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ । अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

केन्द्रीय प्रसारण लाइनमा जोडिने भएपछि...

बनेपा, ४ कात्तिक  स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का

कुलेखानीस्थित इन्द्र सरोवर

    मकवानपुरको कुलेखानीस्थित जलाशय अर्थात् इन्द्रसरोवर । जलाशयबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ

श्रीमतीको हत्या

गुल्मी, ४ कात्तिक   गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७,