तरूण दलको विधान परिमार्जनका लागि महासचिव शाहीको संयोजकत्वमा समिति गठन 

असोज २५ काठमाडौं । 
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले विधान संसोधन तथा परिमार्जनका लागि विधान संशोधन तथा मस्यौदा समिति गठन गरेको छ । तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीको संयोजकत्वमा विधान संसोधन तथा मस्यौदा समिति गठन गरेको हो । 

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले समितिको संयोजकको जिम्मेवारी दिँदै महासचिव शाहीलाई देशैभरीका तरुण नेता–कार्यकर्ता र माउ पार्टीसँग समन्वय गरेर प्राप्त राय–सुझावका आधारमा विधानको मस्यौदा तयार गर्न निर्देशन दिएका छन् । उनले देशको राजनीतिक संघीय संरचना लगायतका विषयमा आधारित रहेर विधान संशोधन र परिमार्जन आवश्यक देखिएकाले समिति गठन गरिएको बताएका छन् । 

विधान संसोधन तथा मस्यौदा समितिका संयोजक महासचिव शाहीले समिति विस्तार गरेर छिट्टै  नै विधान संशोधनको काम अगाडि बढाइने प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस

केन्द्रीय प्रसारण लाइनमा जोडिने भएपछि...

बनेपा, ४ कात्तिक  स्थानीय खोलाबाट उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको कुलो बनाउन बालुवा र सिमेन्ट बोकेर हैरान भएका महाभारत गाउँपालिका–३ का

कुलेखानीस्थित इन्द्र सरोवर

    मकवानपुरको कुलेखानीस्थित जलाशय अर्थात् इन्द्रसरोवर । जलाशयबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ

श्रीमतीको हत्या

गुल्मी, ४ कात्तिक   गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७,