आठौँ दिन आज महाअष्टमी, लाखौ पशुबली दिइदै

काठमाडौं ३१ असोज

 नवरात्रीको आठौँ दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ । आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । राजधानीको बसन्तपूरस्थित हनुमानढोकाको दसैँ घरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । महाअष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री लगायतका देवीहरूको पूजाआजा गरिन्छ ।

काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकालीलगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

जवानी चल्यो जात चलेन, दलित भएकै कारण सुत्केरी श्रीमती छोडेर श्रीमान बेपत्ता

जीवनभर साथ दिने वाचा गरेर दलितकी छोरीसँग बिहे गरेका एक गैर दलित युवक सुत्केरी अवस्थामै श्रीमती छोडेर भागेका छन् । श्रीमतीले छोरी जन्माएको डेढ महिनामा

दोष कस्को ?

– पवित्रा दाश  मैले मेरो श्रीमतीलाई साथी जस्तै गर्दथे । हामी जहाँ जादा पनि सँगै जाने गर्दथ्यौ । उनी पनि मलाई धेरै माया गर्दथिन् । म पनि उनलाई धेरै

नि शुल्क स्वास्थ्य शिविर सम्पन्न 

माघ–०६ चितवन, ड्रिम्स् लियो क्लब अफ नारायणगढको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित लोटस बोर्डिङ स्कूलमा नि शुल्क स्वास्थ्य