सिटीले साउथह्याम्पटनलाई ६ – १ गोल अन्तरले पराजित

 

 

कात्तिक १९

 इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ६ – १ गोल अन्तरले पराजित गरेको हो ।

रहिम स्टर्लिङले दुई गोल गरेपछि घरेलु मैदानमा सिटीले साउथह्याम्पटनलाई आधा दर्जन गोल गरेको हो । यस्तै सिटीको लागि सर्जियो अग्युरो, डेभिड सिल्भा र लोरी सानेले एक एक गोल गरे । सिटीले एक आत्मघाती गोलको उपहार पाएको थियो । साउथह्याम्पटनका वेस्ली होएड्टले आत्मघाती गोल गर्दा ड्यानी इन्ग्सले एक गोल फर्काए ।

सिटीले खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । खेलको १२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २ – ० को बनाए । १८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता ३ – ० को बनाए ।

खेलको ३० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेल ३ – १ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४५ औं मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीलाई ४ – १ को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गर्यो । खेलको ६७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा सानेले गोल गर्दा सिटीले ६ – १ को फराकिलो जित निकालेको हो ।

जितसंगै सिटी ११ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको लिभरपुलको २७ अंक छ । पराजित साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

उपाधि जित्न नेपाललाई १२२ रनको लक्ष्य

काठमाडाँै, ५ माघ थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल