भरतपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, १९ कात्तिक । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।दक्षिणकाली टोल विकास संस्थाको आयोजनामा सुरु भएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी सहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार क्यावटर फाइन सम्मका खेलहरु गराइएको छ । सेमी फाइल र फाइलन खेल मंगलबार मात्र गरिने कार्यक्रम संयोजक गणेश रिजालले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने समूहले ट्रफी, प्रमाणपत्र तथा नगद प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुने समूहले नगद तथा प्रमाणपत्र प्राप्त गर्ने रिजालले जानकारी दिए ।


प्रतियोगिताको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइरालाले खेलकुदको विकासका लागि वडाले सक्दो सहयोग गर्ने बताए । नेपाल ब्याड मिन्टन संघका सदस्य एवम् मुख्य प्रशिक्षक सुदिप योञ्जनले ब्याडमिन्टन खेलको विकासका लागि राज्यको ध्यानाकर्षण गराएका छन् । दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटा, टोल विकास संस्थाका कोषाध्यक्ष अनिता दाहाललगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

महिला फुटबल टोली स्वदेश फर्कदै

    काठमाडौँ, २८ कात्तिक ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ ।

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

  काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो

ओलम्पिक महिला फुटबल छनोट  नेपाल र बङ्गलादेश खेल्दै

  काठमाडौँ, २७ ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र