ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

काठमाडौँ, १९ कात्तिक

 नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो । नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउनुहुन्छ । लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उहाँकै जन्मथलोमा बनाइने छ । 

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेल्नुभएको थियो । उहाँले सन् १९८६ मा पहिलो पटक १०औँ एशियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जित्नु भएको थियो । लामा सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको थियो । 

त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जित्नु भएको थियो । पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताउनुभयो । नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उहाँले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताउनुभयो । नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो ।  (रासस)

प्रतिकृया दिनुहोस

महिला फुटबल टोली स्वदेश फर्कदै

    काठमाडौँ, २८ कात्तिक ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ ।

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

  काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो

ओलम्पिक महिला फुटबल छनोट  नेपाल र बङ्गलादेश खेल्दै

  काठमाडौँ, २७ ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र