अटिजम सम्बन्धि अन्तरक्रिया

सृजन घिमिरे, कार्तिक १९,  चितवन- 


चितवन क्षेत्र नंं २ का सांसद कृष्णभक्त पोखे्रलले अपांगता भएका व्यक्तिहरुको सहज जिवनयापनका लागि आवश्यक पर्ने नितिगत व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ । अटिजम केयर चितवन सोसाईटीको आयोजनामा नारायणगढमा आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापती समेत रहेका पोख्रेलले सो कुरा बताउनुभएको हो । उहाँले अटिजम भएका बालबालिकहरुको उचित संरक्षणका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

अटिजम केयर नेपाल सोसाईटीको संयोजनमा भएको अटिजम, अटिजम केयर चितवन सासाईटी तथा यसका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले आगामी बर्षको वजेट तथा कार्यक्रममा अटिजम सम्बन्धि अपागंता भएका बालकालिकालाई पनि समेट्ने बताउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्र सुवेदीले अटिजम भएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको प्रकृती अनुसार चितवनमा छुट्टै नमुना विद्यालय सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।


भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले आफ्नो वडामा स्थापना भएको अटिजम केयर चितवन सोसाईटीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा कार्यालयले मात्रै चाहेर केही गर्नसक्ने अवस्था नभएको भन्दै महानगर सम्म पहल गर्न हातेमालो गर्ने पनि बताउनुभएको छ ।


कार्यक्रममा अटिजम केयर नेपाल सोसाईटीकी प्रोजेक्ट मेनेजर लक्ष्मी कार्कीले अटिजम सम्बन्धि जानकारी दिदै जन्मिएका हरेक ५९ जना बच्चामा १ जनामा अटिजमको लक्षण देखा पर्ने बताउनुभयो । उहाँले नेपालमा आधिकारिक तथ्यांक नभएपनि ४ लाखजना सम्म अटिजम प्रभावित व्यक्तिहरु रहेको अनुमान गरिएको जानकारि दिनुभयो ।  यो अरु सामान्य अपागंता जस्तो मात्रै नभएर जन्मजात लिएर आउने मस्तिस्क विकासको विकार भएको भन्दै उमेर अनुसारको मस्तिस्क विकास नहुँदा बालबालिकामा सञ्चार र सामाजिकीकरणमा समस्या देखिने बताउनुभयो ।


सो अवसरमा बोल्दै अटिजम केयर चितवन सोसाईटीकी सदस्य प्रमिला न्यौपानेले अविभावकहरुको सक्रियतामा भर्खरै मात्रै संस्था स्थापना गरिएकाले सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अटिजम भएका बालबालिकाहरुको क्षमता बुझेर सोही अनुसारको शिक्षा दिन सकेको खण्डमा उनीहरुले कुनै एक क्षेत्रमा सफलता पनि हासिल गर्नसक्ने बताउनुभयो ।


कार्यक्रममा अटिजम भएका बालबालिकाका अविभावकका तर्फबाट बोल्दै लालमणी पौडेल, दिपेन्द्र श्रेष्ठ, सुनिता रानाभाट र मिना गुरुङ्गले बच्चाहरु साना छउन्जेल अविभावकले रेखदेख गर्नसकिने भएपनि ठुला भएपछि राज्यले जिम्मेवारी लिनुपर्ने बताएका थिए । सो अवसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य एवम बौद्धिक अपांग अविभावक संघका चितवन जिल्ला अध्यक्ष निर्मल कुमार श्रेष्ठ, भरतपुर महानगरपालिकाकी सामाजिक विकास महाशाखाकी महिला तथा बालबालिका सेल प्रमुख कलावती ओझा, मन्टेश्वरी एसोसिएसन चितवनका सचिव निराजन रेग्मी, समाहित शिक्षा तथा लेखाजोखा केन्द्रका संयोजक ईन्द्र बहादुर पौडेल, ट्रान्सपरेन्सी ईन्टरनेशनलकी रिता कडँेल, सुस्त मनस्थिती स्कुल नारायणगढका प्रधानाध्यापक पूर्णकान्त कोइराला  लगायतले आ आफ्नो धारणा राखेका थिए ।

 

अटिजम केयर चितवन सोसाईटीकी अध्यक्ष निर्मला डल्लाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बिनु ढुँगानाले गर्नुभएको थियो भने सञ्चालन सृजन घिमिरेले गर्नुभएको थियो । सन् २००८ देखी नेपालमा पनि अटिजम केयर नेपाल सोसाईटीको स्थापना भई यस क्षेत्रमा काम हुदै आएको कार्यक्रममा जानकारि दिईएको छ । 

प्रतिकृया दिनुहोस

नेपाल: प्रतिदिन ६ को बलात्कार, तपाईँ चिन्तित हुनुहुन्छ?

  बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताको तीन महिनामा दैनिक सरदर छजनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले

लक्ष्मीप्रसाद देवकोटा बितेको ५९ वर्ष भयो, बिजुली महसुल अझै बक्यौता

   २०७५ कार्तिक २८ बुधबार तस्वीर –फाइल काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न

८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

  भोजपुर, २८ कात्तिक  भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)