पीपीएलमा आज उपाधिका लागि चितवन र पोखरा भिड्दै

 

 

कार्तिक २० ,पोखरा

 सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा आज चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा ११ बजे सुरु हुने फाइनल खेलको पारस खड्काको चितवन र शरद भेषवाकरको पोखरा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।सोमबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीले फाइनलका लागि आफुहरु तयार रहेको बताईसकेका छन् ।

विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।

‘एक खेलाडी र कप्तान भएको नाताले आशा गरौ खेल राम्रो हुनेछ । पहिला के भो भन्दा पनि हामीले भोलीको खेल राम्रो खेल्नु पर्नेछ,’ चितवनका कप्तान पारसले प्रि म्याच कन्फरेन्समा भने, ‘हाम्रो टिमले राम्रो गरेर फाइनलसम्म पुग्न सकेका छौं । अघिल्ला मोमेन्टमलाई पछ्याए मात्र पनि हामी सफल हुनेछौ ।’

प्रतियोगिताको समूह चरणको दुई खेलमा खराब प्रदर्शन गरेपनि चितवनले लगातार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । चितवनले आइतबार फाइनल प्रवेशको लागि भएको इलिमिनेटर (प्ले अफ) खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।

यता, घरेलु टोली पोखरा समूह चरणमा ६ जितसहित नेट रन रेटमा अघि रहदै सिधै फाइनल पुगेको थियो । र, पोखरा उपाधि घरमै राख्न चाहन्छ । पोखरालाई घरेलु समर्थकको बलियो साथ हुनेछ ।

‘घरेलु टिम भएकाले धेरै जना झण्डा ल्याएर खेल हेर्न आउछन् । जसले गर्दा हामीमा थप उर्जा पनि बढेको छ । खेल हो, हामीले नतिजाको बारेमा ध्यान दिनु भन्दा आफ्नो काम राम्रोसंग गर्याे भने नतिजा पनि राम्रो आउछ,’ पोखराका कप्तान शरदले भने, ‘टिमको तालमेल मिलेको छ । त्यसको कारण राम्रो नतिजा आएको छ । फाइनलमा पनि राम्रो हुनेछ ।’

प्रतिकृया दिनुहोस

महिला फुटबल टोली स्वदेश फर्कदै

    काठमाडौँ, २८ कात्तिक ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ ।

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

  काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो

ओलम्पिक महिला फुटबल छनोट  नेपाल र बङ्गलादेश खेल्दै

  काठमाडौँ, २७ ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र