पौडेल पक्षको छुट्टै भेला, गर्‍याे यस्ताे निर्णय

 

कात्तिक २०, २०७५

काठमाडौं– यसअघि सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्न नहुने अडान राख्दै आएको कांग्रेस नेता रामचन्द्र पौडेल पक्ष केन्द्रीय सदस्यको संख्या थपे पदाधिकारी पनि थप्नुपर्ने अडानमा उभिएको छ । सोमबार पौडेलनिवासमा भएको गुटको भेलाले यस्तो निर्णय गरेको हो ।

‘देश प्रादेशिक संरचनामा गएर स्थानीय तह र प्रदेशको समिति बन्ने भएपछि केन्द्रीय समिति यथावत् राख्दा पनि हुन्छ,’ छलफलमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘होइन, केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर एक सय कटाउने हो भने पदाधिकारी पनि थप गर्नुपर्छ ।’

यसअघि संशोधित विधानको प्रारम्भिक मस्यौदामा केन्द्रीय सभापति निर्वाचित र बाँकी नौ पदाधिकारी मनोनीत गर्ने पहिलो विकल्प ल्याइएको थियो । दोस्रोमा मिश्रित रूपमा पदाधिकारी निर्वाचित हुने तथा तेस्रोमा सबै पदाधिकारी निर्वाचित हुने विकल्प थियो ।, नयाँ पत्रिकामा खबर छ ।
 

प्रतिकृया दिनुहोस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  चिप्लेढुङ्गा, २८ कात्तिक  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की,

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

    कात्तिक २८, २०७५ काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

  कात्तिक २८, २०७५ काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै