कागको जीवितभन्दा मृत शरीरप्रति यौनिक आकर्षण बढी

 

 

कागको जीवितभन्दा मृत शरीरप्रति यौनिक आकर्षण बढी

काठमाडौं । काग अत्यन्त सामाजिक चरा हो र त्यस्तो सामाजिक बन्धन मृत्युपछि पनि जारी रहन्छ भन्दा कमै पत्यार लाग्छ । तर, एक अध्ययनका अनुसार यो साँचो साबित भएको छ ।जीवित कागहरु अक्सर भेला भईरहेका हुन्छन् । उनीहरु आफ्ना विश्वासी साथीहरुसँग ठूलो आवाजमा फखेटा फटफटाउँदै खुशी साट्छन, र सायद माया पनि ।

यीनै सामाजिक चरा कागको अत्यन्त रोचक व्यवहार पनि छ । कतिपय कागहरुले मृत पोथी कागसँग यौन सम्बन्ध राख्न जीवितसँग भन्दा बढि मन पराउँछन् भन्दा विश्वास नलाग्न पनि सक्छ । तर, यो साँचो हो ।

यस्तो घटनामा कुनै एक काग मात्र सहभागी भएको हुँदैन, कयौँ कागहरु सहभागी भएका लाईभ साईन्स् समाचार एजेन्सीले लेखेको छ ।चरा वैज्ञानिकहरुले चराका यस्ता कयौं रोचक तथ्य पत्ता लगाएका छन् ।

उनीहरुले हाँसदेखि डल्फिन समेतले आफ्नै प्रजातिका मृत सदस्यसँग यौन सम्बन्ध राख्ने गरेको पत्ता लगाएका छन् । तर, उनीहरुले किन आफ्नै प्रजातिमा मात्र यो व्यवहार निर्धारित छ भन्ने विषयमा भने खुलाउन सकेका छैनन् ।

एक जोडी अनुसन्धानकर्ताहरुले हालै अमेरिकी कागहरुमा गरेको सर्वेक्षण अनुसार आफ्नै प्रजातिकाबीचमा आधारित रहनुमा ब्याकवोनले भूमिका खेल्ने तथ्य पत्ता लगाएका छन् । अन्य अनुसन्धानहरुले भने कागहरु आफ्नो सामाजिक व्यवहारका कारण पनि त्यस्तो पर्न गएको खुलाएका छन् ।

युनिभर्सिटी अफ वासिङ्टन स्थित स्कुल अफ ईन्भारोन्मेन्ट एण्ड फरेष्ट साईन्सका अनुसन्धानकर्ताहरुले यसबारे ‘एक मृत काग जसले जीवनको लागि सम्भावित खतरा संकेत गर्दछ’ भन्ने कुरा पत्ता लगाएका थिए ।

उनीहरुले एक काग आफ्नो मृत सदस्यप्रति चिन्तित हुने गरेको, उसको नजिक जाने गरेको लगायत अनेकौं कुरा देखेको बताएका छन् । यो नै एक यौन सम्म पुग्ने बाटो भएको उनीहरुको निष्कर्ष छ ।

ती अनुसन्धानकर्ताहरुका अनुसार प्रायः चराहरु यस्तो व्यवहारमा संलग्न हुँदैनन् । यसर्थ कागहरुमा यस्तो कुनै वंशाणुगत वा हर्मोनिक गुण हुन्छ जसका कारण कागहरुलाई जीवित भन्दा मृत शरिरप्रति यौनिक आकर्षण बढि हुन्छ । –एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

५ अर्ब रुपैयाँको हिरा !

 २८ कार्तिक  एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलर अर्थात् करिव ५ अर्ब नेपाली रपैयाँमा बिक्री भएको छ। प्रति क्यारेट मूल्यको हिसाबले यस हिराले

किमको मुलुक उत्तर कोरियामा यी कामहरु गर्न छन् प्रतिबन्ध

   २०७५ कार्तिक २८ बुधबार काठमाडौं । रहस्यमयी मुलुक उत्तर कोरियाको विषयमा धेरै कुराहरु गोप्य नै रहेका छन् । उत्तर कोरियाको शासनबारे धेरैको मनमा

क्यानडाको यस्तो घटना जहाँ मिस युनिभर्स प्रतियोगी महिला, पुरुष बनिन्

     सन् २०१२ मा सम्पन्न क्यानडाकी मिस यूनिवर्स प्रतियोगीतामा सहभागि भएकी एक प्रतियोगीले आफ्नो लिंग परिवर्तन गरेर पुरूष बनेकी थिइन्। मोडल