कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग नगरेको  मन्त्रालय

काठमाडौँ, २० कात्तिक

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताउनुभएको छ । 

विज्ञप्तिमा उहाँले मन्त्रीले प्रयोग गर्नुभएका दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गर्नु भएको जानकारी गराउनुभयो । 

मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक÷एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

निमित्त सचिव अधिकारीले गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अन्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगएको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको जनाउनुभएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस

सरकारको लक्ष्य समृद्धि र विकाश  मुख्यमन्त्री राई

उर्लाबारी, ५ माघ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनिश्चरे

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

चितवन, ५ माघ  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप  सभापति देउवा

कास्की, ५ माघ  नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा