चितवन बस दुर्घटना हुँदा २६ जना घाइते

 

चितवन, २१ कात्तिक

 भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

कार्किले जन्मदिन सामाजिक संस्था मनाए  

चितवन, २८ कार्तिक  नेपाल विद्यार्थी संघका नेता एबं विरेन्द्र बह्मुखी क्याम्पस इकाई  पूर्ब अध्यक्ष वचन कार्कीले बुधबार आफ्नो जन्मदिन बिभिन्न

चितवनको नारायणी किनारमा छठको रौनक फोटो फिचर

  चितवन, कात्तिक २७ तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय चितवनको नारायणी नदी किनारमा पनि रौनकका साथ मनाउने गरिन्छ ।चितवनमा

चितवनमा केरा खेतीको लागि क्षेत्र निर्धारण

    चितवन, कात्तिक २६ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले केराको जोन क्षेत्र निर्धारण गरेको छ ।खैरहनी