जेलबाट छुट्न चारेल्स शोभराजको याचना

काठमाडौं २१ कार्तिक । न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले मंगलबार शोभराजलाई थुनामा राख्नुको कारण गृह मन्त्रालयसँग सोधेको छ ।कुख्यात अपराधी मानिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजले आफू उमेरहदका कारण छुट्न पाउने सुविधा माग्दै सर्वोच्चमा आइतबार रिट दर्ता गराएका थिए । कुख्यात हत्यारा शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेट अरमान्ड क्यारियरेको २०३२ सालमा भएको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन् ।

ज्येष्ठ नागरिक ऐन २०६३ को १२ (१ख) र कारागार नियमावलीमा टेकी उनले आफूलाई थुनामुक्त गरिदिन परमादेशको आदेश मागेका हुन् ।ज्येष्ठ नागरिक ऐनमा सरकारवादी भई चलेको कुनै पनि मुद्दामा ७० वर्ष पूरा र्भ ७५ ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म कैद छुटको व्यवस्था गरेको छ । शोभराजले ज्येष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक’ भन्नाले ‘६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ’ भन्ने परिभाषा दिइएको छ । शोभराज भने विदेशी नागरिक हुन् । –नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  चिप्लेढुङ्गा, २८ कात्तिक  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की,

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

    कात्तिक २८, २०७५ काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

  कात्तिक २८, २०७५ काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै