‘केदारनाथ’को गीत सार्वजनिक, नायक र नायिका बीच देखाईएको किस सिनलाई लिएर विवाद (भिडियो)

 

२१ कात्तिक – चलचित्र ‘केदारनाथ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘नमो नमो’ बोलको गीत सार्वजनिक गीतमा अमृत त्रिभेदीको स्वर रहेको गीतमा अमिताभ भट्टचार्यले संगीत भरेका छन् । गीतमा सुशान्त तिर्थालुलाई बोकेर धर्मस्थल सम्म पुर्याउने व्यक्तिको रुपमा देखाइएको छ ।

पाँच वर्ष अगाडि केदारनाथमा आएको बाढि पहिरोको कथामा आधारित चलचित्र ‘केदारनाथ’ विवादमा फसेको छ फिल्मको टिजर रिलिज सँगै विवादले घेरिएको छ । यो फिल्मलाई केदारनाथको तीर्थ पुरोहित देखि राजनीतिक दलले समेत विरोध प्रर्दशन गरेका छन् ।

फिल्ममा नायक र नायिका बीच देखाईएको किस सिनलाई लिएर विवाद बढेको छ । केदारनाथ धार्मिक स्थल भएको हुँदा यस्तो दृश्य देखाउनु उचित नभएको भन्दै केदारनाथको पुरोहितहरुले विरोध जनाएका हुन् । उनीहरुले केदारनाथको सतेराखाल, केदारनाथको छेउछाउ र अन्य स्थानमा फिल्मको विरोध प्रर्दशन गरिएका छन् । विरोधमा फिल्मको पोस्टर, निर्देशक, नायक र नायिकाको पुत्ला जलाईको छ ।

चलचित्रमा सारा अली खान र सुशान्त सिंह राजपूत जोडिको रुपमा रहेका छन् । सैफ अली खान र अमृता सिंहको छोरी साराको यो पहिलो फिल्म हो ।चलचित्रलाई अभिषेक कपूरले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालका १० लोकप्रिय भारतीय सेलिब्रेटी

  २०७५ कार्तिक २८ बुधबार काठमाडौं । प्रयेक वर्षजस्तै सन् २०१७ को डिसेम्बरमा फोर्ब्सले भारतका १०० सेलिब्रेटीको  विवरण सार्वजनिक गरेको थियो ।

प्रियंका र निकको विवाह बारे यस्तो खुलासा, सुनेर तपाई पनि दंग पर्नुहुनेछ

    यती बेला चर्चित बलिउड एंव हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसको बिहेको कुराले मेडियामा ठुलो स्पेस पाईरहेको छ । भारत मात्र

रणवीर र दिपिकाको विवाहमा मोबाईल बोक्न नपाईने

   बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह