मानिसको अनुहार नहेरिकनै शरीरको आकार र चालबाट चिन्छ यो रोबोटले  

 

कात्तिक २१, २०७५

काठमाडौं — चीनमा जनतामाथि नजर राख्नका लागि नयाँ प्रविधि ल्याइएको छ । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले तयार पारिएको सफ्टवेयरले कुनै पनि व्यक्तिको अनुहार नहेरी आकार र चालमार्फत चिन्न सक्छ । 

यसलाई गेट (चाल) रिकग्निसन (पहिचान) नाम दिइएको छ । यसले कुनै पनि व्यक्तिलाई भीडभाडमा पनि चिनिदिन्छ । 

अहिले यो प्रविधिलाई बेइजिङ र शांघाई प्रहरीले प्रयोग गर्न शुरू गरेका छन् । सफ्टवेयर बनाउने कम्पनी वेट्रिक्सका सीईओ हुआङ योन्झेनका अनुसार, यसमार्फत ५० मिटर टाढा रहेको व्यक्तिलाई सजिलै चिन्न सकिन्छ । 

सफ्टवेयरले प्रहरीको आवश्कयता पूरा गर्न सक्ने किनकि यसले अपराधीहरूको पहिचान खोल्ने फेसियल रिकगिनसन प्रविधिमा भएको कमीलाई पूरा गर्ने देखिन्छ । 

हुआङले यो सफ्टवेयरमा पहिचानको डाटाबेस बनाउनका लागि मानिसको सहयोग आवश्यक नपर्ने बताए । कसैले आफ्नो चाल बदलेमा पनि सफ्टवेयरले सम्बन्धित व्यक्तिलाई चिन्छ । 

चीनको पश्चिमी शिनजियाङ प्रान्तका सुरक्षा अधिकारीहरूले यो सफ्टवेयरमा रुचि देखाएका छन् । शिनजियाङमा पहिले नै मुसलमानमाथि कडा नजर राखिन्छ । नयाँ सफ्टवेयरमार्फत प्रान्तमा मानिसमाथि नियन्त्रणको कोशिश चर्किनेछ ।

वेट्रिक्सको गेट रिकग्निसन प्रविधि भिडियोमार्फत फोटो खिच्छ । यसले बदलिँदो आकारको विश्लेषण गरेपछि सफ्टवेयर व्यक्तिको चालको एक मोडल तयार पार्छ । यसमार्फत रियल टाइममा कसैको पहिचान गर्न सकिँदैन । गेटको एउटा विशेषता भनेको कसैको गतिविधि हेरेर शारीरिक भाषा बुझ्न सकिन्छ । रोगी मानिसको सहायताका लागि यो सफ्टवेयर उपयोगी हुन सक्छ ।

एजेन्सी 

प्रतिकृया दिनुहोस

५ अर्ब रुपैयाँको हिरा !

 २८ कार्तिक  एक दुर्लभ गुलावी हिरा ५० मिलियन डलर अर्थात् करिव ५ अर्ब नेपाली रपैयाँमा बिक्री भएको छ। प्रति क्यारेट मूल्यको हिसाबले यस हिराले

किमको मुलुक उत्तर कोरियामा यी कामहरु गर्न छन् प्रतिबन्ध

   २०७५ कार्तिक २८ बुधबार काठमाडौं । रहस्यमयी मुलुक उत्तर कोरियाको विषयमा धेरै कुराहरु गोप्य नै रहेका छन् । उत्तर कोरियाको शासनबारे धेरैको मनमा

क्यानडाको यस्तो घटना जहाँ मिस युनिभर्स प्रतियोगी महिला, पुरुष बनिन्

     सन् २०१२ मा सम्पन्न क्यानडाकी मिस यूनिवर्स प्रतियोगीतामा सहभागि भएकी एक प्रतियोगीले आफ्नो लिंग परिवर्तन गरेर पुरूष बनेकी थिइन्। मोडल