चीनको एक शहरमा कुकुर लिएर डुल्न प्रतिबन्ध

कात्तिक २१, २०७५

काठमाडौं — दक्षिण पश्चिम चीनको एक शहरमा प्रशासनले कुकुर लिएर बाहिरतिर डुल्न प्रतिबन्ध लगाएको छ । अनि पार्क, शपिङ सेन्टर, खेल्ने ठाउँ र अन्य सार्वजनिक स्थलमा कुकुरको प्रवेशमा रोक लगाइएको छ । युन्नान प्रान्तको वेनशान शहरमा २९ अक्टोबरमा जारी अध्यादेशलाई अत्यन्तै कठोर मानिएको छ । 

अध्यादेशअनुसार, कुकुरहरूलाई बिहान ७ बजेअघि र राति १० बजेपछि मात्र घुमाउन सकिन्छ । अनि कुकुरको चेन एक मिटरभन्दा बढी हुनुहुँदैन । कुकुरलाई वयस्क व्यक्तिले मात्र डुलाउन पाउँछ । चीनमा कुकुर पाल्नका लागि कडा नियम लागू छन् । कम्युनिस्ट चीनका संस्थापक माओ च तुङको कार्यकालमा घरपालुवा जनावरलाई पाल्ने प्रवृत्तिलाई बुर्जुआ सोखका रूपमा हेरिन्थ्यो । 

हालैका दशकमा सम्पन्नता बढेसँगै चिनियाँ परिवारहरूमा कुकुर पाल्ने सोख बढेको छ । अनेकौं शहरले कुन क्षेत्रमा कस्तो आकारको कुकुर पाल्ने हो भनी नियम पालन गर्ने गरेका छन् । राजधानी बेइजिङमा पनि ठूला कुकुर पाल्न
प्रतिबन्ध छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै