अमेरिकाको मध्यावधि निर्वाचन : तल्लो सदनमा विपक्षी डेमोक्रेट पार्टीको विजय हुने संकेत

कात्तिक २१, २०७५

काठमाडौं

 अमेरिकामा मंगलवार सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनहरूलाई निकै हेरिएका १४ वटा सीटमा हराएका छन् । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सलाई नियन्त्रण गर्ने डेमोक्रेट पार्टीको लक्ष्य पूरा हुने संकेत देखिएको छ । एक्जिट पोल र प्रारम्भिक मतगणनाले यो तथ्य देखाएको हो । 

रिपब्लिकनहरूले भने माथिल्लो सदन सिनेटको नियन्त्रण कायम राख्नेछन् र आफ्नो बहुमतलाई बढाउने समेत सम्भावना छ । उनीहरूले इन्डियाना, नर्थ डकोटा, टेनेसी र टेक्ससमा जीत हासिल गरेका छन् । उनीहरुले ५० सीट जितिसकेका छन् ।

उता तल्लो सदनमा भने डेमोक्रेटहरूले रिपब्लिकनहरूको नियन्त्रणमा रहेका फ्लोरिडादेखि कान्साससम्मका सीटहरू जितेका छन् । यसले गर्दा उनीहरू सन् २०११ पछि पहिलोपटक हाउसमा बहुमत ल्याउने स्थितिमा पुगेका छन् ।हाउसका ४३५ सीटमध्ये ३१२ को घोषणा हुँदा डेमोक्रेट र रिपब्लिकनले बराबर १५६ सीट ल्याएका छन् ।

यो सम्भावित विजयसँगै डेमोक्रेटहरूमा आत्मविश्वास आएको छ तर शक्ति भने खासै आएको छैन । उनीहरूले सन् २०१६ को निर्वाचन हारेका थिए र त्यतिखेर डोनल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई हराएर राष्ट्रपतिबनेका थिए । यो निर्वाचनमा डेमोक्रेटहरूले जवान मतदाता, काला जातिका मतदाता र प्रायः मत नदिने व्यक्तिलाई मतदान गर्न उत्साह दिएका थिए । 

डेमोक्रेटहरूले ट्रम्पकै कारण विजय पाएको देखिन्छ । ट्रम्प प्रशासनको पहिलो दुई वर्षमा कर्मचारीलाई निकाल्ने र ल्याउने, झूटको बाढी बगाउने, आप्रवासीलाई बेइज्जत गर्ने, अमेरिकाका साझेदार अनि मिडियालाई गाली गर्ने काम भए । यो सबैले डेमोक्रेट पार्टीलाई मध्यमार्गी र वामपन्थीबीच एकता गर्ने अवसर दियो । यसको परिणामस्वरूप ठूलो संख्यामा मतदाता आए र पहिले कहिल्यै मत नदिएका मानिस पनि भोट दिन आए ।

द वाशिङटन पोस्टबाट

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै