सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ नेता नेपाल

भक्तपुुर, २१ कात्तिक

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले नेपालको समृद्धिको शुरुवात भइसकेको बताउनुभएको हो । 

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौँ उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताउनुभयो । 

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उहाँको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उहाँले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताउनुभयो । 
त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

  चिप्लेढुङ्गा, २८ कात्तिक  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की,

फेसबुकमा स्टाटस लेख्दा उपसचिवलाई स्पष्टिकरण सोधियो

    कात्तिक २८, २०७५ काठमाडौं — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

  कात्तिक २८, २०७५ काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै